उर्लाबारी, मारवाडी युवा मञ्च उर्लावारीको आयोजनामा आज बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
“रक्तदान जीवन दान” भन्ने मुख्य उदघोषका साथ उर्लाबारी चोकमा आयोजित सो रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । नेपाल राष्ट्रिय मारवाडी युवा संगठन अन्तर्गत मारवाड़ी युवा दिवसको अवसर‌मा रक्तदान गरिएको मारवाडी युवा मञ्च उर्लाबारीका अध्यक्ष विजय बाहेतीले बताउन भयो । मारवाडी युवा मञ्चले उर्लावारीमा विगतमा विविध सामाजिक कार्य गर्दै आएको कार्यक्रम संयोजक अभिकेश अग्रवालले जानकारी दिनु भयो । रक्तदान, वृक्षरोपण, न्यानो कपडा वितरण, क्लोथ बैक लगायतका कार्यक्रम गर्दै आएको अध्यक्ष विजय बाहेतीले बताउनभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय