मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मा नेपाली कांग्रेसको १०० दिने अभियान  सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि महासमिति सदस्य चिरञ्जीवी थापाले अभियानको उद्देश्य, पार्टीको नीति तथा भावी कार्यदिशाका बारेमा महत्वपूर्ण धारणा राख्दै, पार्टीलाई अझ सुदृढ र जनमुखी बनाउन अभियान सञ्चालन गरिएको जानकारी दिए। उनले कार्यकर्ताहरूलाई सक्रिय सहभागी हुन र जनताको विश्वास जित्न विशेष जोड दिए।
विशिष्ट अतिथिका रूपमा उपस्थित मिक्लाजुङ गाउँपालिका अध्यक्ष तथा नेपाली कांग्रेस मिक्लाजुङका सभापति बबि कुमार राईले आफ्नो सम्बोधनमा पार्टीको स्थानीयस्तरमा गरिएको योगदान र आगामी योजना प्रस्ट्याए। उनले पार्टीको नेतृत्वमा मिक्लाजुङको विकास र जनताको जीवनस्तर सुधार गर्न निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।
सम्मेलनमा स्थानीय पार्टी पदाधिकारी, युवा नेता, महिला सदस्य, तथा वडावासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टी संगठनलाई थप सशक्त बनाउनका लागि विभिन्न निर्णयहरू पारित गरिएको छ।
नेपाली कांग्रेसको १०० दिने अभियान देशभर सञ्चालन भइरहेको छ। यसले स्थानीयस्तरका क्रियाकलापलाई व्यवस्थित गर्दै संगठनात्मक एकता र प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय