उर्लाबारी । पछिल्लो समय जन्मदिन पनि उत्सवका रुपमा मनाउने चलन बढिरहेका छ । तर, मोरङको पथरीशनिश्चरेस्थित इलाका प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी मोहन विक्रम दाहालकी श्रीमति सिर्जना नेपाल दाहालले फरक ढंग जन्मदिनको मनाउनुभएको छ ।
उर्लाबारी–७ स्थित नमूना बाल गृहका बालबालिकाहरुसँग खुशी साटेर उहाँले जन्मदिन मनाउनुभएको हो । बाल गृहमा आश्रित बालबालिकाहरुका लागि विहानीसत्रको खानासहित खुशी साटेर जन्मदिन मनाउनुभएको छ । बालबालिकाहरूसँग जन्मदिन मनाउन पाउँदा खुशी लागेको उहाँले बताउनुभयो । सो बाल गृहमा ६८ जना बालबालिका आश्रित छन् । साथै, डिएसपी दाहालले बाल गृहका लागि डिजिटल बोर्डसमेत सहयोग गर्ने बचन दिनुभएको छ । बाल गृहकी अध्यक्ष मिनादेबी बरालले सहयोगीप्रति आभार एबं धन्यवाद प्रकट गर्नुभएको छ ।
ADVERTISEMENT