उर्लाबारी । मोरङको उर्लाबारी–८ मा रहेको शान्ति आधारभूत विद्यालयको ३८ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
आइतबार उर्लाबारी नगरपालिकाका उपप्रमुख मिनाकुमारी पौडेलको प्रमुख आतिथ्यता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद निरौलाको अध्यक्षतामा सो कार्यक्रम भएको हो । उपप्रमुख पौडेलले नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड दिएर काम गरिरहेको बताउनुभयो । उहाँले भौतिक तथा शैक्षिक सुधारमा प्राथमिकताका साथ नगरपालिकाले काम गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा उर्लाबारी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शालिग्राम काफ्ले, सामाजिक अभियान्ता रुद्रबहादुर तामाङलगायतले बोल्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक पदमबहादुर खुलालले विद्यालयको शैक्षिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो भने विद्यालयमा खेलकुद तथा परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । सोही अवसरमा उर्लाबारी–८ बालबिसौनी निवासी कमल लिङ्थेपले  बुवा बेलबहादुर लिङ्थेप र आमा नरमाया लिङ्थेपको स्मृतिमा स्थापना गरिएको अक्षयकोषबाट ४ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । लिङ्थेपले १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो । सो कोषलाई उहाँले ५ लाख रुपैयाँ पु¥याउने योजना बनाउनुभएको छ । उहाँ शान्ति क्षेत्र विद्यालयको पहिलो अक्षयकोषदाता हुनुहुन्छ । कार्यक्रम सञ्चालनका लागि पोडियम, गमला, रिङ, फेन, स्वीटर, ब्यागलगायत सहयोग गरिसक्नुभएको छ भने विद्यार्थीहरुको प्रोत्साहनका लागि हुने कार्यक्रममा उहाँले आर्थिक सहयोगसमेत गरिरहनुभएको छ । कार्यक्रम सञ्चालन शिक्षक टिकाराम उप्रेती र विशाल कट्टेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय