
मधुमल्ला । मोरङको मिक्लाजुङ–२ मा नेपाली कांग्रेसको १०० दिने विशेष अभियान सम्पन्न भएको छ ।
नेपाली कांग्रेस महासमिति सदस्य सीता कार्कीको प्रमुख आतिथ्यता तथा वडा सभापति जगत लिम्बूको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । महासमिति सदस्य कार्कीले कांग्रेसलाई सशक्त रुपमा अघि बढाउनु सबै नेता तथा कार्यकर्ताहरु एकजुट भएर अघि बढ्न आवश्यक रहेको बताउँदै संगठनलाई अझै सुदृढ र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस मिक्लाजुङका कार्यवहाक सभापति खगेन्द्र मादेन लिम्बू, युवा नेता तथा मिक्लाजुङ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष बलबहादुर श्रेष्ठ (अर्पण), महिला नेतृ शोभितमाया तामाङ, इन्दिरा बोहोरालगायतको उपस्थिति रहेको थियो । कांग्रेसलाई गाउँ÷टोल र वडा तहदेखि नै क्रियाशील बन्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । सो अवसरमा सुझाव संकलन तथा प्रशिक्षण समेत दिइएको थियो ।