उर्लाबारी / तमु ल्होसार २०८१ को अवसरमा मोरङ उर्लाबारीमा अन्तर विद्यालय भलिबल प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
तमु हयुल छोंजधी गुरुङ राष्ट्रिय परिषद उर्लाबारी नगर समितिको आयोजनामा हुने सो प्रतियोगितामा नगरका १२ वटा विद्यालय हरुको सहभागीता रहने आयोजक समितिका अध्यक्ष मदन गुरुङले जानकारी दिनुभएको छ । दोस्रो संकरणको रूपमा तमु ल्होसार कप २०८१ को नाममा सञ्चालन हुने सो प्रतियोगितामा प्रथम हुनेले नगद १३ हजार ५ सय मेडल र ट्रफी एवं दोस्रो हुनेले ८ हजार ५ सय प्राप्त गर्ने छ्न । प्रतियोगिता उर्लाबारी -६ स्थित तमु गुम्बा नजिकै सञ्चालन गरिने अध्यक्ष गुरुङले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय