उर्लाबारी । नेपाल रेडक्रस सोसाईटी उपशाखा उर्लाबारीको २९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
मोरङको उर्लाबारी–५ स्थित श्रीसगरमाथा साकोसको सभाहलमा शनिबार कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमको प्रमुख आतिथ्यता तथा संस्थाका सभापति भानुभक्त शर्मा पराजुलीको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरु, रक्तदान गर्ने संस्था, सहयोगीहरुलाई सम्मानसमेत गरिएको छ । संस्थाका सभापति भानुभक्त शर्मा पराजुलीले सभापतिको प्रतिवेदन तथा भाबी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने सचिब गोपालप्रसाद रिमालले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा कोषाध्यक्ष ऋषिकेश खनालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रदेश सांसद गौतमले मानवीय सेवाको क्षेत्रमा उर्लाबारी रेडक्रसले गर्दै आएका कार्यको प्रशंशा गर्नुभएको छ । उहाँले सर्पददंश उपचार, ब्लड बैंक सेवा, रक्तदान लगायतका कार्यमा उर्लाबारी रेडक्रसले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय