
मधुमल्ला । मोरङको मिक्लाजुङ–५ मा नेपाली कांग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत विशेष कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस महासमिति सदस्य चिरञ्जीवी थापाको प्रमुख आतिथ्यता तथा वडा सभापति दुमेश राईको सभापतित्वमा उक्त कार्यक्रम भएको हो । कांग्रेसलाई गाउँ÷टोल र वडा तहदेखि नै क्रियाशील बन्नुपर्ने आवश्यकता रहेको महासमिति सदस्य थापाले जोड दिनुभयो । कांग्रेसको पहिचान सिद्धान्त, आदर्श र जनताको सेवामा आधारित रहेको उल्लेख गर्दै संगठनलाई अझै सुदृढ र प्रभावकारी बनाउन नेता तथा कार्यकर्ताहरु जनताको सारथी बन्न आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा पार्टीका मिक्लाजुङ सभापति तथा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईलगायतले बोल्नुभएको थियो । सो अवसरमा सुझाव संकलन तथा प्रशिक्षण समेत दिइएको थियो ।