लेटाङ । मोरङको लेटाङमा नेपाली कांग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत विशेष कार्यक्रम आयोजना गरेको छ ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ ले शुक्रबार लेटाङ नगरपालिका–४ स्थित जनसेवा सामुदायिक वनको सभाहलमा सो कार्यक्रम गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारले कांग्रेसले आफ्नो वचनलाई कार्यमा परिणत गर्ने प्रतिबद्धता जनाउँदै संगठन सुधारका लागि वडा तहदेखि नै क्रियाशील बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले नेपाली कांग्रेसको पहिचान सिद्धान्त, आदर्श र जनताको सेवामा आधारित रहेको उल्लेख गर्दै संगठनलाई अझै सुदृढ र प्रभावकारी बनाउन सबै सदस्यले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा कोशी प्रदेश सह–महामन्त्री खड्गबहादुर फागो, जिल्ला सभापति तथा मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डिगबहादुर लिम्बू, महासमिति सदस्य, नगर सभापति, वडा सभापति र क्षेत्रीय सदस्यहरूले पनि आ–आफ्ना धारणा राख्नुभएको सथयो । वक्ताहरूले कांग्रेसको सांगठनिक सुदृढीकरण, युवा आकर्षण र स्थानीय तहदेखि नै सशक्त उपस्थिति सुनिश्चित गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभएको छ । सभापति शंकर राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय प्रतिनिधि र अन्य नेता कार्यकर्ताले पार्टीभित्रको एकता, पारदर्शिता, र समर्पणलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय