मोरङको मिक्लाजुङ गाउँपालिकाले सुरक्षित आप्रवासन, सीपयुक्त रोजगारी प्रवर्द्धन, र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको पुनःएकीकरण सुनिश्चित गर्न विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवस (२०२४) का अवसरमा आज पौष ३ गते मधुमल्ला बजारमा सचेतनामूलक ¥याली र अन्तर्क्रिया कार्यक्रमको आयोजना गरियो। यस अवसरमा स्थानीय समुदाय, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, वैदेशिक रोजगारको अनुभव बटुलेका व्यक्तिहरू, र युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।कार्यक्रमको सुरुवात मधुमल्ला बजार परिक्रमा गर्ने ¥यालीबाट भयो। सहभागीहरूले सुरक्षित आप्रवासन र वैदेशिक रोजगारका अवसरहरूको महत्त्वबारे जानकारी दिने प्लेकार्डसहित ¥यालीमा सहभागिता जनाएका थिए। ¥यालिपछि आयोजित अन्तर्क्रियामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूले आफ्ना अनुभव साझा गर्दै पुनःस्थापनाका सम्भावना र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न आवश्यक पहलबारे छलफल गरे।कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष बबि कुमार राईले वैदेशिक रोजगारीसँग सम्बन्धित जोखिम न्यूनीकरणका लागि सचेतना, सीप विकास, र नीतिगत सुधारका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए। उनले मिक्लाजुङ गाउँपालिकाले सुरक्षित आप्रवासन र पुनःएकीकरणका लागि थप नीतिगत पहल गर्ने प्रतिबद्धता जनाए।गाउँपालिका रोजगार शाखा प्रमुख क्षितिज चेम्जोङले कार्यक्रममा सुरक्षित आप्रवासन र रोजगारीसम्बन्धी जानकारी विस्तार गर्दै समुदायमा सकारात्मक प्रभाव पार्न सफल भएको धारणा व्यक्त गरे।कार्यक्रमले स्थानीय स्तरमा सुरक्षित आप्रवासनको महत्त्व र पुनःएकीकरणका प्रयासहरूलाई प्रभावकारी बनाउँदै, सहभागीहरूलाई आप्रवासनसँग सम्बन्धित जोखिमबारे सचेत र समाधानमुखी बनाउन मद्दत पुर्याएको आयोजकहरूले बताएका छन्।