उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ९ मा रहेको बलराम तथा लक्ष्मीदेवी गड्तौला प्रतिष्ठानको तेस्रो बार्षिक साधारणसभा र साँतौ स्मृति दिवसको अवसरमा नमूना बाल गृहमा ब्याग वितरण गरिएको छ ।
आज कोशी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस कोशी प्रदेशकी सचेतक शोभा चेम्जोङ पालुङ्वाको प्रमुख आतिथ्यतामा ब्याग वितरण गरिएको हो । साधारणसभा पश्चात उर्लाबारी–७ मा रहेको नमूना बाल गृहमै पुगेर ब्याग वितरण गरिएको छ । सांसद पालुङ्वाले ६० जना बालबालिकाहरुलाई ब्याग वितरण गर्नुभएको छ ।
ADVERTISEMENT