उर्लाबारी–३ नयाँ मंगलबारेमा लाग्ने संयुक्त साप्ताहिक कृषि तथा पशु बजारलाई व्यवस्थित गर्ने विषयमा आज उर्लाबारी नगरपालिका र पथरीशनिश्चरे नगरपालिकाबिच अन्तरपालिका बैठक सम्पन्न भएको छ । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा भएको बैठकमा उक्त बजारलाई दुई वटै नगरपालिकाबाट संयुक्त रुपमा सञ्चालन हुने गरी दुवै पालिकाका प्रतिनिधि रहने गरी बजार व्यवस्थापन समिति गर्नेलगायतका प्रावधानसहित कार्यविधिको मस्यौदा बनाई दुवै पालिकाको कार्यपालिकाबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याउने निर्णय भएको छ ।
बैठकमा उर्लाबारी नगरपालिकाको तर्फबाट नगर प्रमुख खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, अधिकृत भरत अधिकारी, पथरीशनिश्चरे नगरपालिकाको तर्फबाट नगर प्रमुख मोहन तुम्बापो, प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडा नं. २ का वडाध्यक्ष नैना राईलगायतको सहभागिता रहेको थियो । बैठकपछि उक्त टोलीले मंगलबारे बजारको स्थलगत अनुगमन गरेको छ । बजार व्यवस्थापनका लागि तत्काल गर्न सकिने कार्यहरुका बारेमा पनि छलफल गरिएको नगर प्रमुख खरेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय