
उर्लाबारी । नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य रुपेन्द्र शेर्मा सम्मानित हुनुभएको छ ।
किरात याक्थुम चुम्लुङ नगर शाखा उर्लाबारीले चासोक तङ्नामको अवसरमा शेर्मालाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । पत्रकारिताको माध्यमबाट समाजलाई सु–सूचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै शेर्मालाई सम्मान गरिएको छ । मावा टाइम्स मिडियाका सञ्चालक समेत रहनुभएका शेर्मा उर्लाबारीका सक्रिय पत्रकार हुनुहुन्छ । सञ्चार क्लब नेपाल उर्लाबारीका पूर्वअध्यक्षसमेत रहनुभएका शेर्मा अढाई दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।