उर्लाबारी, सामाजिक संजाल फेसबुकमा सकृय रहेको मेन्स रुम रिलोडेड (एम.आर.आर. )ग्रुपको १३ औँ वार्षिकोत्सव भव्यताका साथ मनाईएको छ । देश तथा विदेशमा विविध सामाजिक काम गर्दै ग्रुपले वार्षिकोत्सव मनाउने क्रममा एमआरआरएनस उर्लाबारीले बुधबार नि:शुल्क रक्त समुह पहिचान र रक्तदान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम संयोजक मिलन पोख्रेलका अनुसार उर्लाबारीमा सक्रिय एम.आर.आर.आई.एनस. उर्लाबारीको आयोजनामा उर्लाबारीस्थित मोरङ मोडेल कलेजको प्राङ्गणमा आज बिहान आयोजित कार्यक्रममा करिव ३ सय विद्यार्थीको नि:शुल्क रक्त समुह पहिचान गरिएको थियो। सो अवसरमा रक्तदान र जिवनदान सम्बन्धि सचेतनामुलक कार्यक्रम समेत आयोजना गरिएको उनले बताए ।
सो कार्यक्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर र नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उपशाखाको प्राविधिक सहयोग रहेको एम आर आर उर्लाबारीका सदस्य अरविन घिमिरेले बताए ।
सो कार्यक्रमलाई वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणी पौड्याल, नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उपशाखाका सभापति भानुभक्त पराजुली, नव निर्वाचित उर्लाबारी जेसीज अध्यक्ष भाईटिका भट्टराईलगायत अन्य वक्ताहरुले सम्बोधन गरेका थिए ।
सन् २०११ मा स्थापना भएको सो ग्रुपमा हालसम्म २ लाख भन्दा बढि युवाहरु सकृय रहेका छन् । यस्तै सो ग्रुपले समाजमा विकृती, विसङ्गतीविरुद्ध आवाज उठाउनुका साथ‌ै नि:शुल्क स्वास्थ्य शिविर, विपन्नलाई सहयोग, रक्तदान कार्यक्रम, श्रमदान, सरसफाई लगायतका सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय