उर्लाबारी, उर्लाबारी वडा नम्बर ४ स्थित उर्लाबारी बहुमुखी क्याम्पसमा नवआगन्तुक विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरिएको छ ।
सोमबार क्याम्पसको प्राङ्गणमा आयोजित एक भव्य कार्यक्रमबिच कक्षा ११ र स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा स्नातक तह चौथो वर्ष र स्नातकोतर तह चौथो सेमेष्टरमा अध्ययन सकेर पास आउट विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न गरिएको हो।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उर्लाबारी बहुमुखी क्याम्पसद्वारा आयोजित सो कार्यक्रममा कक्षा ११ मा १ सय ५० जना र स्नातक तह प्रथम वर्षमा २ सय ५० जना नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको बताईएको छ । यस्तै १ सय ६० जना विविएस र २२ जना पास आउट विद्यार्थीहरुलाई विदाई गरिएको स्ववियुका कार्यवाहक सचिव सन्दिप बुढाथोकीले जानकारी दिए । साथै उनले कक्षा १२ उत्तिर्ण विद्यार्थीहरुलाई शुभकामना सहित फेरी भेटौला कार्यक्रम समेत आयोजना गरिएको बताए ।
कार्यक्रमका मन्तव्य राख्ने क्रममा प्रमुख अतिथी उर्लाबारी नगरपालिकाका पुर्व मेयर खड्गबहादुर फागोले शैक्षिक क्षेत्रमा राजनिती गतिविधी गर्न नहुने बारे चर्चा गर्दै विद्यार्थीहरुलाई अध्ययन र अतिरिक्त क्रियाकलापहरुमा समेत सहभागी भई आफ्नो उज्जवल भविष्य बनाउने तर्फ केन्द्रित हुन सुझाव दिएका छन् । यस्तै उनले शिक्षित विद्यार्थीहरुसँग भएको जोश, जाँगर र ईच्छाशक्ति समाजको लागि सदुपयोग गर्न सुझाव दिए ।
त्यस्तैगरि पुर्व मेयर फागोले आफ्नो कार्यकालमा कायम रहेको ५ सय÷ साडे ५ सय रुपैया कर हाल बढेर ४ हजार ५ सय भएको औँल्याउदै उनले यस्तो केवल जनतालाई ढाड सेक्ने मात्र काम भएको बताए । उनले भने,” कर बढाउदै गर्दा सो अनुसारको विकास हुनुपर्ने हो । हामी आरोप लाउदैनौँ तर काम होस् भन्ने कामना हो । को हार्छ को जित्छ राजनितीमा त्यो सरोकार भएन तर मात्र उर्लाबारीको विकास नहारोस् भन्ने सोच मात्रै हो ।”
यस्तै उनले वि.सं. २०७४ सालका जनप्रतिनिधीको पालामा साडे ८ विघा जग्गा जोडिएको बताउदै उनले त्यसको सहि सदुपयोगमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
सो अवसरमा स्ववियुले खेलकुद सप्ताहका विजेता र उपविजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको स्ववियु सभापति विवेक कार्कीले बताए ।
सोमबार विहान विभिन्न सांगेतिक प्रस्तुतीहरुसहित सो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो।
स्ववियु सभापति कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य स्ववियु सदस्य दिपेश चौधरीले राखेका थिए भने कार्यक्रमको संचालन स्ववियुका कार्यवाहक सचिव बुढाथोकीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय