उर्लाबारी । उर्लाबारी जेसीज वर्ष २०२५ को अध्यक्षमा टिकाप्रसाद भट्टराई (भाईटिका) हुनुभएको छ ।
उर्लाबारी ६ स्थित जेसीजको भवनमा सम्पन्न २७ औँ चुनावी साभारणसभामा अध्यक्षमा भट्टराईको मात्रै मनोनयन दर्ता भएसँगै उहाँ सर्वसम्मत चयन हुनुभएको हो । यस्तै, कार्यकारीणी उपाध्यक्षमा लक्ष्मण दाहाल र रञ्जित श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तैगरी चार जना उपाध्यक्षमा किसन अटल, मिलन पोख्रेल, पवन घिमिरे र धिरज निरौला चयन हुनुभएको छ भने जनसम्पर्क अधिकारीमा एरिसा कटुवाल सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन आयुक्त सिताराम ओझाले जानकारी दिनुभयो ।