उर्लाबारी । उर्लाबारी जेसीज सन् २०२५ को अध्यक्षमा टिकाप्रसाद भट्टराई सर्वसम्मत चयन हुनुभएको छ ।
आज उर्लाबारी–६ स्थित आफ्नै सभाहलमा भएको निर्वाचनमा अध्यक्षमा भट्टराईको मात्रै उम्मेद्वारी परेपछि सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । कार्यकारीणी उपाध्यक्षमा लक्ष्मण दाहाल, रञ्जित श्रेष्ठ, तार्सदिप न्यौपानेको उम्मेरवारी परेको छ । कार्यकारीणी उपाध्यक्षमा दुई जना हुनु पर्नेमा तीन जनाको उम्मेद्वारी परेको छ ।
चार जना उपाध्यक्षमा किसन अटल, मिलन पोख्रेल, पवन घिमिरे, धिरज निरौला र जनसम्पर्क अधिकारीमा एरिसा कटुवालको उम्मेद्वारी परेको छ । कार्यकारीणी उपाध्यक्षबाहेक अन्य पदमा सर्वसम्मत भएको प्रमुख निर्वाचन आयुक्त सिताराम ओझाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय