
विराटनगर,इलाम र मोरङको २ स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १९ गते राती इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीको टोलीले चेक जाँचको क्रममा इलाम सुर्योदय नगरपालिका-९ का ४० बर्षीय सपन पौडेललाई ब्राउनसुगर २ सय मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले विराटनगर महानगरपालिका-४ का २१ बर्षिय बिशाल चौधरीलाई प्रतिबन्धित औषधी ANITRACARE- ८ ट्याब्लेट र ४ वटा एम्पुल सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान तथा कानूनी कारबाही भई रहेको छ ।