उर्लाबारी । सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले मोरङको उर्लाबारीको दुई स्थानमा ट्राफिक प्रहरीको तस्बीर अंकित डमी राखिएको छ ।
बुधबार उर्लाबारी उद्योग बाणिज्य संघले उर्लाबारीको मंगलबारे र आइतबारेमा ट्राफिक प्रहरीको तस्बीर अंकित डमी राखेको हो । पछिल्लो समय सडक निर्माण क्रममा दुर्घटना बढेकाले सचेतनाका लागि ट्राफिक प्रहरीको तस्बीर अंकित डमी राखिएको अध्यक्ष तारामान सिरेङ लिम्बूले जानकारी दिनुभयो । मंगलबारे र आइतबारे क्षेत्रमा सडक निर्माणको कार्य धमाधम भइरहेकाले त्यस क्षेत्रका दुई स्थान ट्राफिक प्रहरीको तस्बीर अंकित डमी राखेको उहाँको भनाई छ ।
व्यवसायीहरुको हकहितको साथै सामाजिक उत्तरदायित्व अन्तरगतका कामहरु संघले गरिरहेको महासचिब सम्झना खतिवडाले बताउनुभयो । उहाँले उर्लाबारी क्षेत्रमा दुर्घटनाका घटना दिनप्रतिदिन बढेको भन्दै सबै सचेत रहन आवश्यक रहेको बताउनुभयो । उक्त कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष ज्ञानु श्रेष्ठलगायत पदाधिकारी एबं सदस्यहरुको उपस्थिति रहेको थियो ।
ADVERTISEMENT