उर्लाबारी । उर्लाबारी जेसीज २०२५ को नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
उर्लाबारी–५ स्थित आफ्नै सभाहलमा हुने अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो । प्रमुख निर्वाचन आयुक्त सिताराम ओझाका अनुसार मतदाता नामावली प्रकाशन मंसिर २२ गते विहान ७ः३० बजे हुनेछ । सोही दिन विहान ७ः४५ सम्म मतदाता नामावलीमाथि दाबी विरोध र विहान ८ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । सोही दिनको ८ः३० देखि १० बजेसम्म उम्मेद्वारी मनोनयन, विहान ११ः३० मा उम्मेद्वारको नामावली प्रकाशन, अपराह्न १२ बजे उम्मेद्वारमाथि दाबी विरोध, १२ः३० सम्म उम्मेद्वारी फिर्ता, १२ः४५ मा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन, दिउँसो १ बजेदेखि १ः४५ बजेसम्म अन्तरवार्ता, दिउँसो २ बजेदेखि ३ः१५ सम्म कर्कश, दिउँसो ३ः३० देखि ४ बजेसम्म मतदान, ४ः१५ देखि ४ः३० सम्म मतगणना र ४ः५५ मा मतगणनाको अन्तिम नतिजा घोषणा गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय