सुनसरी, सुनसरीको रामधुनी नगरपालिका-५ स्थितबाट नियन्त्रित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १६ गते राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोली बराहक्षेत्र नगरपालिका-६ घर भई रामधुनी-५ स्थितमा कोठा भाडा लिई बस्दै आएका २३ बर्षीय निवास श्रेष्ठलाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ सय १९ क्याप्सुल नियन्त्रित औषधी सहित उनकै कोठाबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका श्रेष्ठको थप अनुसन्धान भईरहेको छ ।
ADVERTISEMENT