विराटनगर,झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १२ गते लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थितबाट शिवसताक्षी नगरपालिका-८ का २१ बर्षीय संजय राईलाई ३ ग्राम २ सय ८० मिलिग्राम ब्राउनसुगर सहित र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले इलाम चुलाचुलीका २८ बर्षीय उपेन्द्र बान्तवालाई दमक नगरपालिका-८ स्थितबाट २ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।
यसै गरी मोरङको जहदा गाउँपालिका-१ कि ५० बर्षीया मिरादेवि बैठालाई घरमा लुकाई छिपाइ राखेको १५ केजी लागुऔषध गाँजा सहित इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय चतारा सुनसरीले बराहक्षेत्र नगरपालिका-२ स्थितबाट ट्रामाडोल -४४ पिस क्यापसुल सहित उदयपुर बेलका नगरपालिका-२ का २३ बर्षीय हेमराज न्यौपानेलाई नियन्त्रणमा लिएको छ ।
प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय