बिराटनगर, झापा, मोरङ, सुनसरी र पाँचथरबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ११ गते दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर र प्रतिबन्धित औषधी ३४ एम्पुल सहित बिराटनगर-१५ का २१ बर्षीय सेफ्ला अन्सारी, सुन्दरहरैचा-५ का २४ बर्षीय बिशाल शाक्य र सुनसरी धरानका २९ बर्षीय कमल मियालाई पक्राउ गरेको छ ।
त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-११ का ४८ बर्षीय रविन तामाङलाई १ ग्राम २९० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय पाँचथरले तुम्वेवा गाउँपालिका-३ का १९ बर्षीय विवश सम्वाहाम्फे र फिदिम-१ का १८ बर्षीय क्षितिज बराईलीलाई ट्रामाडोल ‍१६ क्याप्सुल र गाँजा १०० ग्राम सहित फिदिम नगरपालिका-१ बाट पक्राउ गरेको छ ।
त्यसै गरी सुनसरीको दुहबी नगरपालिका-११ स्थितमा इलाका प्रहरी कार्यालय दुहवी र अस्थायी प्रहरी चौकी तनुमनाबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थमा रहेको को. २६ प ६४८४ नम्बरको मोटरसाईकलमा रहेको काटुनमा ३९ किलोग्राम २३ ग्राम गाँजा बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय