उर्लाबारी । मोरङको उर्लाबारी–५ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २९ औं स्थापना दिवसको अवसरमा पूर्वी कमाण्ड मिडिया प्रा.लि. का अध्यक्ष सरोज बस्नेत पुरस्कृत हुनुभएको छ ।
सोमबार संस्थाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष बस्नेत पुरस्कृत हुनुभएको हो । सम्मानपत्र तथा नगदसहित उहाँलाई पुरस्कृत गरिएको थियो । बस्नेतले पुरस्कार वापत प्राप्त रकम उर्लाबारी–९ का क्यान्सर पीडित १९ बर्षीय यज्ञप्रसाद न्यौपाने (अन्मेश) को उपचारमा सहयोग गर्नुभएको छ । सोही अवसरमा २५ जना जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको छ । सामाजिक तथा शैक्षिक अभियान्ता प्रा.डा. गोपाल प्रसाद भण्डारीको प्रमुख आथित्यमा भएको भएको उक्त कार्यक्रममा उर्लाबारी नगरपालिकाकी पूर्व उपप्रमुख तथा संस्थाकी पूर्व उपाध्यक्ष लक्ष्मीदेवी भण्डारी, प्रमुख सल्लाहकार रामकुमार बुढाथोकी, नेपाल रेडक्रस सोसाइटी उर्लाबारीका सभापति मानुभक्त शर्मा पराजुली लगायतले बोल्नुभएको थियो । स्थापना दिवसकै अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको छ । सो रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेको व्यवस्थापक चक्र खड्काले जानकारी दिनुभयो । संस्थाका सचिव मनोरथ भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा कार्यसमिति सदस्य कमल गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाकी सह–सचिब निर्मला गौतमले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय