उर्लाबारी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) उर्लाबारी नगर समितिको अध्यक्षमा सूर्य पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार सम्पन्न प्याव्सन नगर समितिको तेस्रो नगर अधिवेशनबाट उर्लाबारी–६ स्थित कुडोस विद्यासदनका संस्थापक÷प्रिन्सिपल पौडेल सर्वसम्मत् अध्यक्ष चयन हुनुभएको हो । समितिको सचिवमा लक्ष्मीप्रसाद (एलपी) राई, कोषाध्यक्षमा आनन्द कार्की तथा सदस्यहरुमा अजितकुमार भट्टराई, गौरव राई, तारा सुब्बा र मात्रिकाप्रसाद खतिवडा रहनुभएको छ । प्याव्सन नगर अध्यक्ष दिनेश पोख्रेलको अध्यक्षता र केन्द्रीय सदस्य केदार खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय