
उर्लाबारी । मोरङको उर्लाबारी–५ मा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. को २९ औं स्थापना दिवसमा मंसिर १० गते रक्तदान कार्यक्रम गर्ने भएको छ ।
रगतको अभावमा कसैको मृत्यु नहोस् भन्ने उद्देश्यले संस्थाले स्थापना दिवसको अवसरमा प्रत्येक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको र सोहीअनुसार यस पटक पनि स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको हो । मंसिर १० गते सोमबार विहान ७ बजेदेखि रक्तदान कार्यक्रम हुने भएकाले शेयर सदस्यलगायत सबैलाई सहभागिताका लागि सहकारीले अनुरोध गरेको छ । साथै, सोही अवसरमा जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिने जनाइएको छ ।