उर्लाबारीका क्यान्सर पिडित १९ वर्षिय युवा यज्ञप्रसाद न्यौपाने (अन्मेश) रकम अभावकै कारण उपचारबाट बञ्चित बनेका छन् ।

करिव ४ वर्ष अघि ईलामबाट बसाइँ सरेर उर्लाबारी वडा नम्बर ९ स्थित भानु आधारभुत विद्यालय छेउमा स्थाई रुपमा बसोबार गर्दै आएका न्यौपानेलाई करिव ४ महिना अघि ब्लड क्यान्सर पुष्टि भएको परिवारस्रोतले जनाएको छ ।

उनको उपचारमा लाखौँ रुपैया खर्च भैसकेतापनि हालसम्म समेत उनको पूर्ण रुपमा उपचार नभएको बताईएको छ । कमजोर आर्थिक अवस्थाका न्यौपाने परिवारले उनको उपचारमा सहयोग जुटाईदिन सहयोगी हातहरुप्रति हार्दिक अपिल गरेको छ ।

उनी उर्लाबारीस्थित सप्तकोशी अंग्रेजी माध्यमिक विद्यालयका पूर्व विद्यार्थी तथा पूर्व शिक्षक साथै दमकस्थित दमक बहुमुखी क्याम्पसमा बि.एस्सी. प्रथम वर्षमा अध्ययनरत विद्यार्थी समेत हुन् ।

क्यान्सर पिडित अन्मेशको उपचार जुट्न सम्पुर्ण महानुभावहरुलाई हार्दिक अपिल गर्दछौँ ।

परिवारको सम्पर्क नम्बर 9804009029

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय