झापा,लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गरेको छ । मंसिर ३ गते साँझ पाचँथरको फालेलुङ गाउँपालिका-६ का २४ बर्षीय बसन्त राईलाई ८ ग्राम लागुऔषध ब्राउनसुगर सहित झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट नियन्त्रणमा लिएको हो भने मे. ९ प. ९०३७ नम्बरको मोटरसाईकलका चालक झापा गाउँपलिका-५ का २६ बर्षीय देबेन्द्र चौधरी र मोटरसाईकल पछाडी सवार बिर्तामोड नगरपालिका-५ का ३५ बर्षीय सुरेश श्रेष्ठलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका तिनैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट थप अनुसन्धान भई रहेको छ ।
ADVERTISEMENT