विराटनगर, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङ, मोरङबाट खटिएको प्रहरीको टोलीले कात्तिक ३० गते लेटाङ नगरपालिका-३ मिलन चोक स्थितबाट लेटाङ नगरपालिका-३ का २१ बर्षीय श्याम लिम्बुलाई ५ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसैगरी प्रहरी चौकी बाङगे, सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-७ बिष्टिनि चोक स्थितबाट बराहक्षेत्र नगरपालिका-७ का २४ बर्षीय बिबेक राई र बराहक्षेत्र नगरपालिका-१ का २३ बर्षीय अभिषेक भुजेल को साथबाट प्रतिवन्धित लागु औषध ट्रामाडोल- ७२ क्यापसुल र डिकोलिक- ८१० ट्याव्लेट फेलापारी नियन्त्रणमा लिएको हो ।
प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका तिनैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।
ADVERTISEMENT