विराटनगर । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई दिएको छ । आज बसेको कोशी प्रदेशको मन्त्रिपरिषदको बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले संघीयता कार्यान्वयन तथा प्रदेश कानून निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ । त्यस्तै खोरेत रोग नियन्त्रण आयोजना सञ्चालन सम्बन्धि कार्यविधि २०८१ स्वीकृत गर्ने, नोभेम्बर ११ मा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धीको पक्ष राष्ट्रहरुको बैठक (कोप २९ ) मा पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र सचिव विशाल भण्डारीलाई सहभागी गराउने र १० औँ राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप ९ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ ।
ADVERTISEMENT