
उर्लाबारी । मोरङको उर्लाबारी–७ मा मावा सौन्दर्यीकरण परियोजनाको आयोजनामा मावा खोलाको बाँधमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीयहरूको सहभागितामा खोलाको पश्चिमतर्फको बाँध (सडक) सफा गरिएको हो । मावा सौन्दर्यीकरण परियोजनाका अध्यक्ष बीरबल थापाले कार्यक्रमको उद्देश्य र स्थानीयहरूको सहयोगको सराहना गर्दै भविष्यमा अझै प्रभावकारी ढंगले नदी क्षेत्रको संरक्षण र सफाईलाई प्राथमिकता दिने बताउनुभयो । सो कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, प्रहरी लगायतको उपस्थिति रहेको थियो ।