पूर्वी नेपालको पुरानो र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको आइजोन इन्टरनेटले ग्राहकको मन जित्दै आएको छ । कोशी प्रदेशका इलाम, झापा, मोरङ, सुनसरी जिल्लाका गाउँ तथा शहरमा आइजोनले सेवा बिस्तार गर्दै आएको हो ।
इन्टरनेट प्रयोग गरे वापत ग्राहकले सहज र सरल किसिमबाट अनलाइन र क्यास पेमेन्ट गर्दै आएका छन् । आइजोनले पूर्वी नेपालका गाउँ तथा शहर बजारमा सञ्जाल फैलाउँदै आएको छ । अहिले सूचना र प्रविधिको क्षेत्रमा बजारमा बग्रेल्ती इन्टरनेट आएका छन् । ती थरीथरीका परिपरिका देखिन्छन् तर आइजोन इन्टरनेटले कम मूल्यमा बढीभन्दा बढी गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको कार्यकारी निर्देशक नवीन श्रेष्ठ बताउनुहुन्छ ।
सुलभ मूल्यमा बढी अर्थात् उत्कृष्ट सेवा प्रदान गर्न तल्लीन यो इन्टरनेटले मोरङको उर्लाबारी, पथरी, हसन्दह, लेटाङ, रतुवामाई, मधुमल्ला, टाँडी, विराटचौक, झापाको चारआली, बिर्तामोड, दुधे, शिवसताक्षी, सुनसरीको इनरुवा, इटहरी, तरहरा र इलामको चुलाचुली क्षेत्रका गाउँ तथा शहरी र बजार क्षेत्रमा सेवा प्रदान गर्दै आएको मार्केटिङ विभाग प्रमुख तारा खतिवडाले जानकारी दिनुभयो । होम र कर्पोरेट गरी १० हजारमाथि ग्राहकलाई सेवा प्रदान गर्दै आएको आइजोन पूर्वकै पहिलो फाइबर इन्टरनेट रहेको छ । सरकारी, गैरसरकारी, बैंक तथा वित्तीय सहकारी संस्था, स्वास्थ्य संस्था, होटल, पसल, उद्योग, शैक्षिक संस्था आइजोनले वर्षका ३ सय ६५ दिन २४ सै घण्टा सेवा प्रदान गर्दै आएको छ ।
सहज तरिकाले सेवा प्रदान गर्ने उद्देश्य अनुरुप आइजोनले नेटमा केही खराबी भए या कम्प्लेन गरिए फाइबर टिम सक्रिय रहेकोले तत्काल त्यसको समाधान गर्दै आएको जनाएको छ । उच्च स्तरीय व्यवस्थापकीय क्षमता र शीघ्र सेवा भएकै कारण आइजोन लोकप्रिय बनेको छ । उपभोक्ताको मन जित्न सफल यो इन्टरनेट सेवालाई झन् चलायमान बनाउन ६० भन्दा बढी कर्मचारी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय