उर्लाबारी । मोरङको उर्लाबारी–७ मा रहेको जीवन बचाउ उपचार सेवा गृहको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार आफ्नै सभाहलमा सम्पन्न साधारणसभामा कोशी प्रदेशसभाका सदस्य उमाकान्त गौतमको प्रमुख आतिथ्यता रहनुभएको थियो । उक्त साधारणसभामा संस्थाका अध्यक्ष पवन थापाद्धारा प्रस्तुत प्रगति एवं भावी कार्य योजनाको प्रतिवेदन, कोषाध्यक्ष मञ्जु परियारद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र काउन्सिलर गायत्री भट्टराईद्धारा प्रस्तुत लेखा प्रतिवेदन सर्वसम्मत पारित भएको इन्चार्ज रविन्द्र दाहालले जानकारी दिनुभयो । साधारणसभामा कोशी प्रदेशका सांसदद्धय शोभा पालुङ्वा, बिद्या चाम्लिङ राई, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल र वडाध्यक्ष उर्मिला थापाले गृहले लागु औषध सेवनकर्ताहरुलाई पुर्नजीवन दिने कार्यमा गरिरहेको भन्द्र प्रशंसा गर्नुभएको थियो । गृहमा हाल ३९ जना लागु औषधकर्ता सेवनकर्ताले उपचार गराईरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय