विराटनगर,मोरङ र ईलामबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्तिक ९ गते मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँट स्थितमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर त्रियुगा नगरपालिका-४ प्रगति टोलका १९ बर्षीय खगेन मगरलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर र प्रतिबन्धीत औषधी NITZAPASCAN -३० चक्की सहित पक्राउ गरेको छ ।
त्यसैगरी प्रहरी चौकी दानाबारी ईलामको प्रहरी टोलीले ईलाम माई नगरपालिका-४ सुखानीका २९ बर्षीय मनोज तामाङ र २४ बर्षीय सुमन तामाङलाई ५५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय