उर्लाबारी, उर्लाबारीमा २० वर्षीया एक युवतीले आत्महत्या गरेकी छिन् । मिक्लाजुङ गाउपालिका वडा नम्बर ४ निवासी बबिता राईले बिहिबार राती करिव ११ :१५ बजे आफ्नी कान्छी फूपुको घरमा आत्महत्या गरेकी ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
उर्लाबारी -७ निवासी सोभा राईको घरमा विगत १५ दिनअघिदेखि बसेर व्युटी पार्लर कोर्ष सिक्दै आएकी युवतीले हिजो राती आफ्नै कोठाभित्र पछ्यौरीमा झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।
युवतीले आत्महत्या गर्नुअघि विदेशमा रहेकी आफ्नी दिदीसँग फोन सम्पर्क गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले सो घटनाबारे अनुसन्धान गरिरहेको बताउदै घटनाबारे थप विवरण अनुसन्धानबाट खुल्ने जनाएको छ । युवतीका बुबा, दिदी र दाजु वैदेशीक रोजगारीको क्रममा मलेशियामा बस्दै आएका छन् । आफ्नी आमा समेत नभएकी युवती राई मिक्लाजुङस्थित आफ्नो घरमा फूपुसँगै बस्दै आएकी थिईन् । उनी पार्लर सिक्ने क्रममा उर्लाबारीमा डेरामा बस्दै आएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय