उर्लाबारी । मोरङको उर्लाबारी–३ मंगलबारेस्थित निलम बचत तथा ऋण सहकारी संस्थाको १२ औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।
उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तथा प्रवक्ता भीष्मराज बुढाथोकीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष प्रभू दिलुङ्गछा राईको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । संस्थाको सभाहलमा भएको साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता , उत्कृष्ट ऋणी र उत्कृष्ट वाल बचतकतर्मलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्तातर्फ ललित ठाकुर, वविता ठाकुर, दिलमाया धिमाल, लिला लिम्बु, राजकुमार उराउ, चित्रकला अधिकारी र धनमाया धिमाल रहनुभएको छ भने उत्कृष्ट ऋणीतर्फ देया खड्का, संगीता लिम्बु र शर्मा श्रेष्ठलाई सम्मानित गरिएको छ । त्यस्तै उत्कृष्ट वाल बचततर्फ प्रिन्स श्रेष्ठ र मिसुम लिम्बुलाई सम्मानित गरिएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष राईले आ.व. २०८०÷०८१ को वार्षिक प्रगति प्रतिवेदन,सचिव सञ्जिव बुढाथोकीले सचिवको प्रतिवेदन र नीति तथा कार्यक्रम, कोषाध्यक्ष रमेश श्रेष्ठले आर्थिक प्रतिवेदन तथा आ.व. २०८१÷०८२ को बजेट प्रस्तुत र लेखा समिति संयोजक दिनेश परियारले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदन छलफलपछि पारित भएको सचिब बुढाथोकीले जानकारी दिनुभयो । साधारणसभामा प्रस्तुत प्रतिवेदनमा ९६ लाख ३३ हजार ३ सय २५ रुपैयाँ बचत निक्षेप रहेको उक्त सहकारीको शुद्ध बचत १ लाख २२ हजार ३ सय ४१ रुपैयाँ रहेको छ । उक्त सहकारीमा जम्मा १ हजार ७८ जना शेयर सदस्यहरु रहेका छन् ।
ADVERTISEMENT