
इटहरा । मोरङको रतुवामाई नगरपालिका वडा नं. ९ का नेपाली कांग्रेसका क्रियाशिल सदस्य नरेश धामी थारु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
थारु नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष, पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको हातबाट अबिर लगाएर माओवादीमा प्रदेश गरेका हुन् । थारुसहित मोरङभरीका सयौं जना विभिन्न पार्टी परित्याग गरेर माओवादीमा प्रवेश गरेको बताइएको छ ।