उर्लाबारी । हङकङमा उर्लाबारी शुभकामना सांगितिक साँझ कार्यक्रम हुने भएको छ ।
उर्लाबारी नगरपालिका परिवार हङकङको आयोजनामा कार्तिक १० गते अर्थात अक्टोबर २६ सो कार्यक्रम हुने भएको हो । कार्यक्रममा गायक डम्बर नेपाली, दिपक लिम्बू र गायिका मेचु धिमालको प्रस्तुति रहने आयोजकले जनाएको छ । नेपालीहरुका सम्पूर्ण चाडपर्वको अवसरमा शुभकामना आदानप्रदानसहित सांगितिक कार्यक्रम हुने आयोजक समितिका सदस्य राजा तामाङले जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुख तथा नेपाली कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागो रहने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय