उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले झापाको मेचीनगर नगरपालिका वडा नं. ७ काँकड्भिट्टामा सञ्चालित मानव मलमुत्रीय फोहोर (दिसाजन्य लेदो) प्रशोधन केन्द्रको अवलोकन गर्नुभएको छ ।

नेपाल सरकार र मेचीनगर नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको उक्त फोहोर प्रशोधन केन्द्र खानेपानी मन्त्रालय अन्तर्गत साना सहरी खानेपानी आयोजनाले पाइलट प्रोजेक्टको रूपमा मुलुकमै पहिलोपल्ट झापामा सञ्चालन गरेको हो । सो अवसरमा उहाँहरुले यो प्रोजेक्टका विषयमा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशोधन केन्द्रका पदाधिकारीसँग छलफल गर्नुभएको थियो । उर्लाबारीमा पनि प्रोजेक्ट सञ्चालन गर्ने सम्भाव्यताको अध्ययनका लागि उक्त केन्द्रको अवलोकन गरिएको प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय