भोजपुर,भोजपुरको अरुण गाउँपालिका-१ स्थित लेगुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा १ जनाको मृत्यु भएको छ । अरुण गाउँपालिका-१ याङपाङका ३२ बर्षीय रोशन मगरलाई ईन्भटर र व्याट्रीबाट खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारेमा जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले घटनास्थलको कानूनी प्रकृया पुरा गरी शबलाई पोष्टमार्टमकोलागी जिल्ला अस्पताल भोजपुर पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय