विराटनगर, सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ९ जनालई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका-६ हलेशी चौक स्थित हरिनगर गाउँपालिका-४ का २३ बर्षीय दिनेश रामलाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल १२ हजार २०० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरीको धरान उप-महानगर-१७ शान्ति टोल स्थित आफ्नै घरबाट लागुऔषध बिक्री बितरण गर्ने २९ बर्षीया सोफिया तामाङ र धरान-१४ का ४२ बर्षीय कमल कार्कीलाई अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीको टोलीले ५६० मिलिग्राम लागऔषध ब्राउन सुगर सहित कात्तिक ३ गते साँझ नियन्त्रणमा लिएको हो भने कात्तिक ३ गते राती धरान -८ भोटेपुल स्थितबाट ४० बर्षीय विनोद राईको घरमा ५६ बर्षीय राजेश क्षेत्री र २६ बर्षीय रोहित विश्वकर्मालाई वडा प्रहरी कार्यलय धरानको प्रहरी टोलीले ५ सय ७० मिलिग्राम लागऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीको पिकेट टोलीले कात्तिक ३ गते अपरान्ह शंकास्पद अवस्थामा हिडीरहेका अर्जुनधारा नगरपालिका -११ का १९ बर्षीय उमेश चौधरी र पाँचथरका १९ बर्षीय बिवस मगरको साथबाट लागुऔषध ट्रामाडोल ९० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको हो । यसका साथै लागू औषध नियन्त्रण व्यूरो काँकडभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले कात्तिक ३ गते राती साढे ९ बजे मेचीनगर नगरपालिका-६ मेचीपुल स्थितबाट काभ्रेपलान्चोकका २६ बर्षीय होम कुमार मैनालीलाई १३ ग्राम लागऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय