विराटनगर,झापा, सुनसरी, भोजपुर र धनकुटाबाट लागुऔषध ब्राउन सुगर सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिईएको छ । कार्तिक १ गते दिउँसो सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न सप्तरी राजवीराजका १९ बर्षीय रोहित कुमार मण्डल, ईटहरीका ३६ बर्षीय अग्रदिप चौधरी र ३० बर्षीय नरेश चौधरीलाई पक्राउ गरेको छ ।
त्यसैगरी प्रहरी चौकी हिले धनकुटाले धनकुटा नगरपालिका-१ बाट पैदल यात्री स्थानीय २५ बर्षीय फुर्वा तामाङ, २७ बर्षीय छितेन तामाङ, २७ बर्षीय सोनाम तामाङ र महालक्ष्मी नगरपालिका-९ का २८ बर्षीय मनोज भण्डारीलाई १८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
भोजपुरको अरुण गाउँपालिका-६ जरायोटार स्थितमा बा. ३ ख २५४९ नम्बरको बसलाई प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका-९ का २५ बर्षीय अमुल राईलाई ३ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा झापाको प्रहरी टोलीले दमक नगरपालिका-५ का ३५ बर्षीय रुपेन्द्र भण्डारी र ३४ बर्षीय नारायण बहादुर बस्नेतलाई २ ग्राम ब्राउन सुगर सहित मेचीनगर नगरपालिका-६ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय