पथरी शनिश्चरे, पथरी शनिशचरे नगरपालिका वडा नं. १ ले चाडपर्वको अवसरमा अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
आज वडा कार्यालयको परिसरमा ‘विपन्नसँग वडाध्यक्ष कार्यक्रम’ अन्तर्गत वडाभित्रका अति नै विपन्न ५० परिवारलाई २५ केजीको एक बोरा चामल र २ केजी तौलको सिंगो कुखुराको मासु वितरण गरेको हो । अन्यको जस्तै वडाका विपन्नहरूको पनि घर आँगनमा दशैँ जस्ता चाडपर्वहरू आउन सकोस् भन्ने अभिप्रायले वडा कार्यालयबाट गरिब तथा विपन्न मध्येंबाट पनि अति नै विपन्न ५० परिवारलाई छनौट गरी खाद्यान्न प्रदान गरिएको वडा अध्यक्ष भीमकुमार राईले जानकारी दिनुभयो । कार्यक्रममा वडा सदस्यहरु सुरेश कार्की, आरती विश्वकर्मा, वसुन्धरा गुरुङ लगायत वडावासीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय