
उर्लाबारी । मोरङको उर्लाबारी–९ दुर्गापुरीमा भएको आगलागीबाट पीडित दयाराम न्यौपानेलाई २५ हजार सहयोग गरिएको छ ।
उर्लाबारी उद्योग वाािण्ज्य संघले विपद् कोषमार्फत उहाँलाई सहयोग गरेको हो । उहाँले सञ्चालन गरेको न्यौपाने सुनचाँदी पसलमा आगलागी भएको थियो । उहाँ उर्लाबारी उद्योग बाणिज्य संघको सदस्य रहनुभएको छ । संघका सदस्यहरुले विपद् कोषमार्फत २५ हजार रुपैयाँ दिने निर्णय बमोजिम न्यौपानेलाई सहयोग हस्तान्तरण गरिएको अध्यक्ष तारामान सिरेङले बताउनुभयो । अन्य दुई पसलमा पनि क्षति भएको थियो । उहाँहरु संघको सदस्य नभएको कारण सहयोग गर्न नसकेको जनाइएको छ ।