उर्लाबारी,उर्लाबारी-३ मंगलबारेमा जारी दोस्रो वडास्तरीय भेट्रान फुटबल रनिङ कप २०८१ प्रतियोगिताको उपाधि वडा नम्बर ४ को भेट्रान टीमले जितेको छ ।
मंगलबार भएको फाईनल खेलमा वडा नम्बर ५ को भेट्रानलाई १-० को अन्तरले हराउदै वडा नम्बर ४ को भेट्रान टीम सो प्रतियोगिताको च्याम्पियन बनेको हो।
जितको लागि खेलको ४ मिनेटमा वडा नम्बर ४ भेट्रानका जर्सी नम्बर ११ का गणेश लिम्बुले १ गोल गरेका थिए ।उनले गरेको उत्कृष्ट गोल नै सो प्रतियोगिताको निर्णायक गोल बनेको थियो ।
आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै आयोजकले लिम्बुलाई खेलको म्यान अफ दि म्याच घोषणा गरेको थियो । उनी ट्रफीसहित मायाको चिनोद्वारा सम्मानित भएका छन् ।
जितसँगै ४ नम्बर वडाको भेट्रानले ट्रफी, मेडल , प्रमाणपत्रसहित ३० हजार नगद प्राप्त गरेको छ ।यस्तै उपविजेता बनेको वडा नम्बर ५ भेट्रानले २० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र हात पारेको थियो ।
विजेता र उपविजेता दुवै टिमलाई वडा नम्बर २ का वडाध्यक्ष राजनकुमार कडेँल र ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीलगायत अन्य अतिथीहरुले पुरस्कार वितरण गरेका थिए ।
यस्तै सो प्रतियोगितामा आयोजकले विभिन्न विधाहरुमा खेलाडीलाई सम्मान गरेको थियो । सो अवसरमा प्रतियोगिताको वेष्ट डिफेण्डर, वेष्ट गोल किप्पर, वेष्ट स्ट्राइगर, वेष्ट कोच र हाई स्कोररमा वडा नम्बर ४ का क्रमश: अर्जुन तिम्सिना, दिपक गहतराज, गणेश लिम्बु, सन्तोष चौधरी र प्रकाश राई घोषित भए । साथै वडा नम्बर ५ भेट्रानका सन्जिव सुवेदि वेष्ट मिड फिल्ड र विनोद धिमाल म्यान अफ दि टुर्नामेण्ट घोषित भए ।
सो अवसरमा आयोजकले प्रतियोगिता संचालनको लागि सहयोग गर्ने विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई समेत सम्मान गरेको थियो ।
उर्लाबारी वडा नम्बर ३ स्थित मंगलबारे भेट्रान क्लबको आयोजनामा संचालन भएको सो प्रतियोगितामा उर्लाबारी नगरपालिकाका ९ वट‌ै वडाका भेट्रान टीमको सहभागिता रहेको थियो ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ गत असोज १५ गतेदेखि वडा नम्बर ३सालबारीस्थित प्रस्तावित सालबारी रंगशालामा सो प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा उर्लाबारी नगरपालिका वडा नम्बर २ र ३ को मुख्य प्रयोजन रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय