उर्लाबारी । मोरङको उर्लाबारी–३ मंगलबारेमा जारी दोस्रो वडास्तरीय भेट्रान फुटबल रनिङ कप २०८१ प्रतियोगिताको बिहीबारको खेलमा वडा नम्बर ३ को भेट्रान टिम विजयी भएको छ ।
बुधबार भएको खेलमा वडा नम्बर ३ को भेट्रानले जारी प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको वडा नम्बर ९ को भेट्रानलाई १–० को अन्तरले हराएको थियो । वडा नम्बर ३ को जितको लागि ४२ औं मिनेटमा जर्सी नम्बर १० का विजय माझीले गरेको गोल नै निर्णायक बन्यो । माझी नै खेलको म्यान अफ दी म्याच भए । उर्लाबारी वडा नम्बर ३ स्थित मंगलबारे भेट्रान क्लबको आयोजनामा संचालन भएको सो प्रतियोगितामा उर्लाबारी नगरपालिकाका ९ वटै वडाका भेट्रान टीमको सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष राजन सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय