पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ ले घटस्थापना (नवरात्रको पहिलो दिन)देखि विधिवत रुपमा नव आगन्तुक शिशुलाई स्वागत कार्यक्रमको सुरुवात गरेको छ ।
आज वडामा नवआगन्तुक शिशुलाई स्वागत कार्यक्रमको विधिवत रुपमा शुभारम्भ गरिएको वडाध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण)ले जानकारी दिनुभयो ।
वडा कार्यालयको नियमित कार्यक्रम अन्तर्गत सुरुवात गरिएको योजना वडामा जन्मिने सबै शिशुको जनप्रतिनिधिबाट ‘शिशुको मुख हेर्ने’ र सुत्केरी आमालाई न्वारनमा कुखुराको भाले सहित सामग्रीहरू हस्तान्तरण गर्ने प्रचलन सुरूवात गरिएको वडाले जनाएको छ । आज वडाको शुक्रबारेका बाबुराम राई र कविता राईको शिशुलाई वडाले स्वागत गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय