उर्लाबारी । मोरङको उर्लाबारीमा निकालिएको श्रीकृष्ण रथयात्राको हिसाब सार्वजनिक गरिएको छ ।
रथयात्रा ब्यवस्थापन समितिले उर्लाबारी–७ को राधाकृष्ण मन्दिरमा एक कार्यक्रमका बीच हिसाब सार्वजनिक गरेको हो । उर्लाबारी नगरपालिका, भक्तजनबाट सहयोग गरी ३ लाख ८ हजार ८ सय १३ रुपैयाँ आय भएको र २ लाख ९२ हजार १५ रुपैयाँ खर्च भई १६ हजार ७ सय ९७ रुपैयाँ बचत भएको रथयात्रा समितिका कोषाध्यक्ष डम्बरबहादुर भट्टराईले जानकारी दिनुभयो । रथयात्रा समितिकी संयोजक यमुना राईको सभापतित्वमा भएको उक्त कार्यक्रममा दशैं, तिहार, छैठलगायत पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको थियो । संयोजक राईले मन्दिरको जग्गा खरिदका लागि आफुले १० लाख रुपैयाँ संकलन गर्ने अभियानमा रहेको बताउनुभयो ।
सबैको साथ र सहयोगले रथयात्रा भब्य रुपमा सम्पन्न भएको उल्लेख गर्दै आगामी बर्ष बृहत बनाउने योजना रहेको सह–संयोजक पदम रिजालले बताउनुभयो । कार्यक्रममा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष लोकनाथ भट्टराई, अग्रज पत्रकार दुर्गाप्रसाद खतिवडालगायत मन्दिर ब्यवस्थापन समितिका सदस्य तथा पदाधिकारी, स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन चन्द्रा कार्कीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय