उर्लाबारी । मोरङको उर्लाबारी–५ स्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. को २८ औं बार्षिक साधारणसभाअन्तरगत इकाईगत सभा सुरु भएको छ ।
बुधबार उर्लाबारी–५, ६ र ७ का लागि संस्थाको कार्यालय उर्लाबारी–५, उर्लाबारी–१ का लागि शारदा माबि झारसाँदी, मिक्लाजुङभरीका लागि बक्राहा माबि मिक्लाजुङ–६, उर्लाबारी–८ र ९ का लागि शिशु शिक्षा सदन माबि दुर्गापुरी, रतुवामाई ८, ९ र १० का लागि राष्ट्रनिर्माण अंग्रेजी माबि, उर्लाबारी–४ का लागि उर्लाबारी बहुमुखी क्याम्पस, उर्लाबारी–२ र ३ तथा पशरीशनिश्चरेका लागि दुर्गामन्दिर उर्लाबारी–३ मा इकाईगत साधारणसभा भइरहेको कोषाध्यक्ष ज्ञानेन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । २०५३ सालमा स्थापना भएको हाम्रो बचतको उर्लाबारी, पथरीशनिश्चरे, रतुवामाई, लेटाङ र मिक्लाजुङ कार्यक्षेत्र रहेको छ । उक्त सहकारीमा सदस्य संख्या ७ हजार ३ सय ५१ जना रहेको छ भने उर्लाबारी–३ को मंगलबारे चौक, रतुवामाई–१० को सोमबारेमा सेवा केन्द्र रहेको छ । संस्थाको बार्षिक साधारणसभा हरेक बर्षको घटस्थापनाका दिन र स्थापना दिवस मसिर १० गने नियमित रुपमा हुँदै आएको संस्थाका अध्यक्ष ढकबहादुर थापा (डिबी) ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय