पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकामा वडा नं. २ मा स्थापित पर्यटकीय स्थल सेल्फी रोडदेखि दक्षिण लाटीहोली पुलसम्मको सडक स्तरोन्नति गरिएको छ ।
वर्षायाममा खाल्डाखुल्डी भएर हिड्न असहज भएको कारण उक्त सडकखण्डमा रोलर, ग्रेडर पानीको ट्यांकी आदिको प्रयोग गरी सडक स्तरोन्नति गरिएको हो ।
सो बाटोमा एक लाखको बजेटबाट १.५ किलोमिटर लामो सडकमा स्तरोन्नति गरिएको वडा नम्बर २ का वडाध्यक्ष नैना राईले जानकारी दिनुभयो । सो सडक स्तरोन्नतिमा वडाका जनप्रतिनिधिहरू तथा सर्वसाधारण समेतको सक्रिय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय